७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमालेविरुद्धको गठबन्धनमा न्यायाधीश, निर्वाचन आयोग र सभामुखसम्म लागे : एमाले प्रमुख सचेतक भट्टराई



खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले एमालेविरुद्धको गठबन्धनमा सर्वोच्चका न्यायाधीशदेखि निर्वाचन आयोग र सभामुखसम्म सामेल भएको आरोप लगाएका छन् । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेविरुद्ध लड्ने साहस अन्य दलमा नभएको दाबी गरेका हुन् ।

‘एमाले कमजोर छ भन्छन् एकातिर, अर्कातिर पाँच वटा पार्टी एक भएका छन् । त्यसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरु मिसिएका छन् । त्यो गठबन्धनमा निर्वाचन आयोग छ, त्यो गठबन्धनमा सभामुख पनि सामेल छन्,’ भट्टराईले भने, ‘विचराहरुलाई एमालेसँग एक्लाएक्लै लड्ने साहस छैन । उनीहरुलाई कांग्रेसकै बैसाखी चाहिन्छ ।’

एमाले बलियो भएकै कारण आफ्नो पार्टीले निष्कासन गरेको मान्छेहरुको हस्ताक्षर र सनाखत गरेर निर्वाचन आयोगले पार्टी फुटाएको भट्टराईले तर्क गरे । एमालेबाट निष्कासनमा परेका सांसदहरुको पद जोगाइदिएर सभामुखले पार्टी विभाजनमा मतियारको भूमिका खेलको उनको आरोप थियो ।

भट्टराईले सर्वोच्च अदालतको वाधाका कारण यो बेला मुलुकमा ताजा जनादेश सहितको सरकार आउन नपाएको बताए । ‘केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सदासदाका लागि थिएन । ६ महिनापछि ताजा जनादेश सहितको संसद ल्याउने गरी विघटन गर्नु भएको थियो,’ भट्टराईले भने, ‘त्यो संविधान विघटन होईन, व्यवस्था विघटन होईन, हामीले विघटन गरेको भनेको ६ महिनाभित्र अर्को चुनाव गर्नका लागि थियो । यसबेला ताजा जनादेश सहितको मुलुकमा सरकार आइसक्थ्यो । तर सर्वोच्च अदालतले चुनाव गर्न दिएन ।’

भट्टराईले गठबन्धन भत्काउने अस्त्रका रुपमा एमसिसीलाई पास नगर्ने बताए । ‘एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैन । हामीलाई सरकार चाहिएको छैन । एमाले सत्तारुढ हुन आशा गरेको छैन,’ उनले भने, ‘एमालेले गठबन्धन भत्काउनका लागि एमसिसी पास गर्छ भनेर भ्रम छरिएको छ । एमालेलाई सरकारमा जान हतार छैन ।’

भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपालको समूहलाई पार्टीको ‘छेस्को निस्किएको’ भनेका छन् । उनले महाधिवेशनबाट कार्यकर्ताको विश्वासले पार्टीको नेतृत्व लिने हिम्मत माधव नेपाल, झलनाथ खनाल र प्रचण्डमा नभएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ४२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल