२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

मतदाता नामावली सङ्कलनमा सहयोग पु-याउन निर्वाचन आयोगको अपिल



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको छ ।

देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता अहिले नामावली सङ्कलन कार्य भइरहेको छ । नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावलीमा दर्ता, व्यवस्थापन, समावेशीजस्ता विषयका सम्बन्धमा उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त कार्यमा सहयोग पु-याउन सम्पूर्ण सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको जनाएको छ ।

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र अन्य जिल्लाका स्थानीय तहमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भई दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आफ्नै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्नसकिने व्यवस्था मिलाइएको छ ।

आयोगले आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने स्पष्ट पारेको छ । आयोगले मतदाता नामावलीमा नाम छुट भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवं सुत्केरीलाई प्राथमिकता दिने, दर्तास्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपान कक्षका साथै दर्तास्थल लैङ्गिक तथा अपाङ्गगतामैत्री हुने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

आयोगले गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था गर्न भनेको छ । मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहसमक्ष सहयोग उपलब्ध गराउनका लागि अनुरोध गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ४२ बजे

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो