३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध



काठमाडौं । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन ।

दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायिक संकट उत्पन्न भएको हो । हरेक बुधबार र शुक्रबार तोकिने संवैधानिक इजलास गठन दुई महिना बित्दा पनि गठन हुन सकेको छैन ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुने व्यवस्था गरेकाले पनि अहिलेको जटिलता कायम रहिरहेसम्म संवैधानिक इजलासमा थुप्रिएका मुद्दा सुनुवाइ प्रभावित हुने देखिएको छ । संवैधानिक इजलास गठनको विषयमा संविधानले प्रस्ट रूपमा प्रधानन्यायाधीशलाई इजलास गठन गर्ने अधिकार दिएको छ ।

अहिलको अवस्थामा सर्वोच्चका न्यायाधीशहरू प्रधानन्यायाधीशले तोकेको संवैधानिक इजलासमा बस्न तयार छैनन् । संविधानको धारा १३७ मा संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था छ । सो धाराअनुसार (१) सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहनेछन् ।’

संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्थाअनुसार १३७ को ३ मा ‘धारा १३३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा उपधारा (१) बमोजिमको इजलासबाट हेर्नेगरी प्रधानन्यायाधीशले तोक्न सक्नेछ ।’

संविधानको धारा १३७ को २ को उपधारा (१) बमोजिमको इजलासले धारा १३३ को उपधारा (१) बमोजिम परेका निवेदनको अतिरिक्त देहायका मुद्दाको सुरु कारबाही किनारा गर्नेछ भनी उल्लेख छ । संवैधानिक इजलासले संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह र स्थानीय तहहरूको अधिकार क्षेत्र’दयगत भएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ हुनेछ ।

साथै संघीय संसद् वा प्रदेश सभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य वा प्रदेश सभाको सदस्यको अयोग्यतासम्बन्धी मुद्दा हेर्ने व्यवस्था छ । साथै कुनै पनि विषयमा गम्भीर संवैधानिक प्रश्न उठेमा त्यस्तो मुद्दालाई संवैधानिक इजलासबाट सुनुवाइ गर्न सक्ने व्यवस्था रहेको छ । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : २६ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये