१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र कतारका राजदूतबीत भेटवार्ता, लुम्बिनी प्रदेश र कतारबीच भागिनी सम्बन्धका लागि गृहकार्य थालिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्बद अल हायलबीत कुटनीतिक भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यमन्त्री र जाजदूत युसुफबीच कतार र लुम्बिनी प्रदेशबीच भागिनी सम्बन्ध कायम गर्न गृहकार्य गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिएका छन् ।

भेटवार्तामा मुख्यमन्त्री केसीले प्रदेशको शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा सहयोग गर्न कतारका राजदूतलाई आग्रह गरेको संयोजक बिकले बताए । “हाम्रो देशका धेरै नागरिक कतारमा रोजगारका शिलशीलामा गएका छन् तीनै नेपाली नागरिकको पक्षमा नीति निर्माण गरी अगाडि बढाई दिनु पर्दछ, हामी जति सकिन्छ प्रदेश सरकारबाट दक्ष बनाउने अभियानमा छाँै ।” मुख्यमन्त्रीको भनाई उदृढ गर्दै प्रेस संयोजक बिकले बताए ।

संयोजक बिकका अनुसार मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा स्वास्थ्य र शिक्षाको दृष्टिकोणले पछाडी परेको उल्लेख गर्दै त्यसमा कतार सरकारले सहयोग गरि दिनका लागि प्रस्ताव राखेका थिए । मुख्यमन्त्री केसीले लुम्बिनी पर्यटकका लागि निकै सम्भावना भएको बताउँदै नेपालमा कोभिडको बेलामा कतार सरकारले ठुलो सहयोग गरेको स्मरण गरेका थिए । उनले आगामी दिनमा पनि कोरोनाको रोकथामको सहयोगमा निरन्तरता दिन राजदूत युसुफलाई आग्रह गरे ।

भेटका अवरसमा राजदूत युसुफले रोजगारको क्षेत्रमा धेरै नेपालीले आफ्नो देशमा गएर रोजगारी गरिरहेको बताउँदै आगामी दिनमा पनि असली छिमेकी राष्ट्रको रुपमा भगिनी सम्बन्ध कायम गर्नु पर्नेमा जोड दिएका थिए ।

उनले लुम्बिनी प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा कतार सरकार सहकार्य गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि कार्य सम्झौता आवश्यक रहने बताएका थिए ।।

छलफलमा स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरी, शिक्षा, विज्ञान युवा खेलकुद मन्त्री बसीउसीदिन खाँका पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : १८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर