१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र कतारका राजदूतबीत भेटवार्ता, लुम्बिनी प्रदेश र कतारबीच भागिनी सम्बन्धका लागि गृहकार्य थालिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्बद अल हायलबीत कुटनीतिक भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यमन्त्री र जाजदूत युसुफबीच कतार र लुम्बिनी प्रदेशबीच भागिनी सम्बन्ध कायम गर्न गृहकार्य गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिएका छन् ।

भेटवार्तामा मुख्यमन्त्री केसीले प्रदेशको शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा सहयोग गर्न कतारका राजदूतलाई आग्रह गरेको संयोजक बिकले बताए । “हाम्रो देशका धेरै नागरिक कतारमा रोजगारका शिलशीलामा गएका छन् तीनै नेपाली नागरिकको पक्षमा नीति निर्माण गरी अगाडि बढाई दिनु पर्दछ, हामी जति सकिन्छ प्रदेश सरकारबाट दक्ष बनाउने अभियानमा छाँै ।” मुख्यमन्त्रीको भनाई उदृढ गर्दै प्रेस संयोजक बिकले बताए ।

संयोजक बिकका अनुसार मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा स्वास्थ्य र शिक्षाको दृष्टिकोणले पछाडी परेको उल्लेख गर्दै त्यसमा कतार सरकारले सहयोग गरि दिनका लागि प्रस्ताव राखेका थिए । मुख्यमन्त्री केसीले लुम्बिनी पर्यटकका लागि निकै सम्भावना भएको बताउँदै नेपालमा कोभिडको बेलामा कतार सरकारले ठुलो सहयोग गरेको स्मरण गरेका थिए । उनले आगामी दिनमा पनि कोरोनाको रोकथामको सहयोगमा निरन्तरता दिन राजदूत युसुफलाई आग्रह गरे ।

भेटका अवरसमा राजदूत युसुफले रोजगारको क्षेत्रमा धेरै नेपालीले आफ्नो देशमा गएर रोजगारी गरिरहेको बताउँदै आगामी दिनमा पनि असली छिमेकी राष्ट्रको रुपमा भगिनी सम्बन्ध कायम गर्नु पर्नेमा जोड दिएका थिए ।

उनले लुम्बिनी प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा कतार सरकार सहकार्य गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि कार्य सम्झौता आवश्यक रहने बताएका थिए ।।

छलफलमा स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरी, शिक्षा, विज्ञान युवा खेलकुद मन्त्री बसीउसीदिन खाँका पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : १८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा