१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड, माधव र उपेन्द्रका कारण प्रधानमन्त्री देउवा अफ्ठेरोमा : पूर्वमुख्यमन्त्री राई



खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताएका छन् ।

एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताएका हुन् । वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको उनको भनाइ छ । ‘यो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन । शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ । एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव । यी मान्छेहरुले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ । त्यसो हुँदा गठबन्धन भत्काउने वा छिटो चुनावमा जाने यो खालको अवस्थामा अहिलेको गठबन्धन छ, ‘राईले भने, ‘त्यतिकै पनि चुनाव आइसक्यो । स्थानीय चुनाव हुने बेला भइ नै सक्यो । प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन । त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नुपर्छ र समृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिनुपर्छ । समाजवादको आधार तयार गर्दै अगाडि बढ्नुपर्छ ।’

सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले निजी स्वार्थ पूरा गर्ने हिसाबले बजेट खर्च गरिरहेको उनले दाबी गरे । ुअहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ । अध्यादेशले बनाएको सरकार प्रदेशमा छ । उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्’, उनले भने, ‘हामीले थालेका राम्रा कामहरुलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरुको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसावले खर्च गर्ने हिसावले काम गरिरहेका छन् । त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ ।’

नेता राईले एमालेमाथि पटक–पटक आक्रमण हुँदै आएको उल्लेख गरे । एमालेलाई सिध्याउनकै लागि २०५० सालमा मदन भण्डारीलाई षडयन्त्रपूवर्क हत्या गरिएको दावी गरे ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ३२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष