२३ असार २०८३, मंगलबार | July 7, 2026

विवेकशील साझामा मिलनले बनाए समानान्तर कमिटी



काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समानान्तर कमिटी घोषणा गरेका छन् ।

अर्का संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्दै संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा पार्टी अगाडि बढाएपछि त्यसमा असहमत रहेका पाण्डेले बुधबार समानान्तर कमिटी घोषणा गरेका हुन् ।

‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’का लागि भन्दै मिलनले २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् । सुदृढीकरण अभियानमा हालमा १२९ केन्द्रीय सदस्यलाई यथावत् राखिएको छ भने ५५ जना थप गरिएको छ ।

थपिनेमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामांग, महेन्द्र आचार्य, कल्याण अधिकारि, बिमला रोक्का, डा। बोध राज पराजुली, सुबास भारती, ई। प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, डा। फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा रहेका छन् ।

त्यसैगरी नवराज कार्की, सुवास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेश कुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने९चाउ०, भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी ९नाथन०, भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु के।सी, निर्मल फुयाल, सम्झना उप्रेती, डा। गोविन्द आचार्य, राम बाबु यादव, उत्तम खनाल थपिएका छन् ।

बाँकी १७ जना दोस्रो चरणमा थपिने अभियानले जनाएको छ । ।

अभियान किन रु

संविधानवादको जगमा अग्रगामी, गतिशील, मध्य वामपन्थी पार्टीको रूपमा विवेकशीललाई अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेकाले बाध्य भएर सुदृढीकरण अभियानमा जानुपरेको अभियानका प्रवक्ता हरीशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीमा ‘विधान मानौँ’ भन्ने र ‘संविधानविरुद्ध नलागौँ’ भन्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने, गणतन्त्र र संविधानका पक्षमा राख्ने नेताहरूलाई भूमिकाविहीन बनाउने, विभागहरू भंग गर्ने, प्रदेशको नेतृत्व फेर्नेलगायतका काम भएकाले पार्टीलाई जीवित राख्न कमिटी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘मतदाता, पार्टीका सदस्यहरू तथा वैकल्पिक राजनीतिका शुभेच्छुकहरूको सुझाव अनुसार पार्टीलाई सुदृढ बनाउनुपर्ने दायित्व स्मरण गर्दै पार्टीको हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यावत राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को तपसिल बमोजिमको केन्द्रीय समिति घोषणा गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसिलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा साङ्गठनिक रूपमा थप सशक्त बनाउने हुने पाण्डेले उल्लेख गरेका छन् । अभियानले घोषणा भएको मितिले ९० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने र त्यसअगाडि सम्पूर्ण प्रदेश र जिल्लामा समिति गठन गर्ने तय भएको छ । अभियानअन्तर्गत विभिन्न आङ्गिक सङ्गठनहरू पनि गठन गरिनेछ ।

‘विवेकशील साझा पार्टीलाई एकीकरणको भावना अनुरूप निरन्तरता दिँदै वैकल्पिक राजनीतिलाई नयाँ चरणमा पुर्‍याउन यो अभियान क्रियाशील रहने छ’  विज्ञप्तिमा भनिएको छ ।

यो अभियानमा राजनीतिक संवाद समिति संयोजक तथा प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश संयोजकहरु, अन्तराष्ट्रिय समिति संयोजक, विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिवहरु अमित पाठक र रबिन्द्र उपाध्याय, पार्टीको केन्द्रीय सचिवालय, केन्द्रीय समिति, महिला, ज्येष्ठ नागरिक लगायतका आङ्गिक सङ्गठनका महत्त्वपूर्ण नेताहरू, प्रदेश, जिल्ला, गाउँ-नगर तथा प्रवासमा समेत सङ्गठित पार्टी सदस्य तथा शुभचिन्तकहरू लगायत हाल पार्टीमा क्रियाशील महत्त्वपूर्ण सबैजसो नेताहरू सहभागी हुने दाबी गरिएको छ ।

‘हामी वैकल्पिक राजनीतिलाई पश्चगामी बाटोमा जान दिने छैनौँ। पार्टीलाई मूलबाटोमा स्थापित गर्नेछौँ र वैकल्पिक राजनीतिक अभियान र यो पार्टीलाई अझ सुदृढ गर्दै अगाडि बढाउनेछौँ’,  विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : ५६ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको