१३ पुस २०८२, आइतबार | December 29, 2025

माछालाई दाना दिन निस्केका चौधरीको शव पोखरीमा



सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ स्थित ईटहर्वामा मंगलबार एक ५३ वर्षीय पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । स्थानीय बाबुनन्द चौधरीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

सोमबार दिउँसो पोखरीमा माछालाई दाना हाल्न घरबाट निस्केका चौधरी साँझसम्म घर नफर्केपछि पोखरीलगायत आफन्तहरू भएको सबै ठाउँमा रातभर खोजतलास गरिएको गरिएको थियो ।

खोजी गर्ने क्रममा पोखरीमा मंगलबार बिहान ८ बजे पुनः हेर्न जाँदा उनले लगाएको चप्पल पानीमा तैरिएको देखेपछि महजाल लगाउँदा शव डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेको भनाई रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : १२ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र