४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

२ गोटा चकलेट र १ दन्तमन्जन निकालेको आरोपमा १० वर्षीया बालिकालाई बुटवल भाटभटेनीले बनायो बन्धक



बुटवल । २ वटा चकलेट र १ थान दन्तमन्जन चोरी गरेको अभियोगमा भाटभटेनीको बुटवल शाखाकी प्रबन्धकले १० वर्षीया बालिकालाई १ घण्टा बढी नियन्त्रणमा राखेकी छिन् । प्रबन्धकले आफ्नो वच्चालाई बन्धक बनाएको र मानसिक यातना दिएको भन्दै बालिकाका अभिभावकले आपत्ति जनाएका छन् ।

मंगलबार अपरान्ह अभिभावकसँग भाटभटेनी सुपर मार्केटमा सामान खरिद गर्न गएकी ती बालिकाले अभिभावकलाई समेत थाहा नदिई २ वटा चकलेट र १ वटा दन्तमन्जन लिएर बिल नबनाई बाहिर निस्केपछि सुरक्षाकर्मीले बालिकालाई प्रबन्धक समक्ष बुझाएका थिए । बालिकाका सामु कडा रुपमा प्रस्तुत भएकी बुटवल शाखाकी प्रवन्धक अप्सरा खड्काले सामानको १० गुणा भरपाई गर्नु पर्ने सर्त राख्दै झण्डै १ घण्टा बालिकालाई पसलभित्रै बन्धक बनाएको अभिभावकले आरोप लगाएका छन् । नियम अनुसार भरपाई गरिदिन तयार हुँदा हुँदै पनि १० गुणा भरपाईको माग गर्दै नाबालिकालाई पसलभित्र राखिएको प्रत्यक्षदर्शी स्थानीय समुन्द्र श्रेष्ठले बताए । अभिभावकहरुले निकैबेर आग्रह गरेपछि सामानको मुल्य बराबरको थप रकम भरपाई गरिदिएपछि मात्र बालिकालाई छाडिएको श्रेष्ठले बताए ।

उता भाटभटेनी सुपर मार्केट बुटवल शाखाकी प्रबन्धक खड्काले बालिकालाई सीसी क्यामेरा देखाउने अवधिसम्म मात्र पसलभित्र राखिएको बताएकी छिन् । उनले केही सामान बिल नकाटी बाहिरिएको सुरक्षाकर्मीले भेटाएपछि बालिकालाई कम्प्युटर अफिससम्म लगेर सीसी क्यामेराको फुटेज देखाएर अभिभावक बोलाइएको बताईन् । अभिभावकलाई सुरुमै खबर गर्दा अभिभावकहरु नआई उनीहरुले नै स्थानीयलाई बोलाएको खड्काले बताइन् । ‘भाटभटेनीको नियम अनुसार उमेर पुगेका उपभोक्ताले चोरी गरेको भएको भेटिएमा १० गुणा भरपाई गराउने नियम भएपनि नाबालिकाबाट कमजोरी भएकाले मुल्यबराबरको भरपाई गरेर छाडिएको हो,’ उनले भनिन् । सीसी क्यामेराको फुटेज देखाइन्जेल बालिकालाई पसलभित्र राखिएको भने उनले स्वीकार गरिन् ।

पसल भित्रको एकान्त कोठामा बन्धक बनाईँदा बालिका विक्षिप्त बनेको अभिभावकले बताएका छन् । ‘बालिका विक्षिप्त र निकै डराएको अवस्थामा हामीले भेट्यौ,’ स्थानीय युवा समुन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : १६ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये