७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अमेरिकामा ओमिक्रोनको प्रभावः ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराइने



न्युयोर्क । अमेरिकाले ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो ।

परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल लकडाउन बारे सरकारले कुनै निर्णय नगरेको उनले बताए । तर, प्रतिबन्धका जुनसुकै उपाय चाल्न सरकार तयार भएको उनले बताए ।

पछिल्लो समयमा बेलायतपछि ओमिक्रोनबाट अमेरिका प्रभावित छ । कोभिड संक्रमण भएका दुई तिहाईमा नयाँ भेरियन्ट देखिएको विज्ञहरुले बताएका छन् । ओमिक्रोनका बिरामी सबैभन्दा बढी न्युयोर्क र वासिंगटनमा देखिएका छन् ।

छुटेका सबै जनाले कोभिड खोप लगाउन राष्ट्रपतिले आग्रह गरेका छन् । पहुँचका बाबजुद अझै पनि अमेरिकाको ठूलो जनसंख्याले खोप लगाएको छैन् । यसअघि विश्व स्वास्थ्य संगठनले बिदाका योजना रद्द गर्न सरकारहरुलाई आग्रह गरेको थियो । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : २५ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट