१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

चीनमा फेला पर्‍याे साढे ६ करोड पुरानो डायनोसरको भ्रुण



बेइजिङ । वैज्ञानिकहरुले पूर्ण रुपमा संरक्षण गरिएको अन्डाबाट कोरल्न तयार पारिएको डायनोसरको भ्रुण फेला पारेको घोषणा गरेका छन् । सो भ्रुण कुखुराको भर्खरै कोरल्न लागिएको चल्ला जस्तो देखिएको बताइएको छ ।

दक्षिणी चीनको घानझोउमा सो भ्रुण फेला परेको हो । भ्रुण ६ करोड ६० लाख वर्षअघिको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।

सो भ्रुण दाँतविहीन थेरोपोड डायनोसरको भएको विश्वास गरिएको छ र त्यसलाई बेबी यिङलियाङ नाम दिइएको छ ।

अनुसन्धानकर्ता डा. फिओन वाइसुम माले भने, ‘इतिहासमा नै अहिलेसम्मकै डायनोसरको राम्रो भ्रुण पत्ता लागेको छ । ’

पछिल्लो आविश्कारले अनुसन्धानकर्ताहरुलाई डायनोसर र आधुनिक चराहरुबीचको सम्बन्धको बृहत ज्ञान प्रदान गरेको छ । सो भ्रुण घुमाउरो अवस्थामा देखिएको जिवाश्मले देखाएको छ । चराहरुले अन्डा कोरल्नुअघि यस्तै घुमाउरो आकारा देखिन्छ ।

‘आधुनिक चराहरुमा पनि यस्तै स्वभाव देखिन्छ । उनीहरु डायनोसरको पुस्ताबाट उत्पत्ति भएको पुष्टि हुन्छ,’ डा. माले भने ।

‘फेला परेको भ्रुण डायनोसरको निकै अनौठो जीवाश्म हाे,’ अनुसन्धान समूहका सदस्यसमेत रहेका जीवाश्म विशेषज्ञ प्राध्यापक स्टेभ ब्रुसेटले ट्विट गरेका छन् ।

बेबी यिङलियाङ नाम दिइएको सो जीवाश्मको टाउकोदेखि पुच्छरसम्मको लम्बाई १० दशमलब ६ इन्च छ । जिवाश्म हाल चीनको यिङलियाङ स्टोन नेचर हिस्टोरी म्युजियमा ६ दशमबल ७ इन्च लामो अन्डाभित्र छ ।

सो अन्डालाई सबैभन्दा पहिले सन् २००० मा फेला पारिएको थियो । अन्डालाई १० वर्षसम्म भन्डारण गरेर राखिएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम