१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु



बेइजिङ । विश्वकै जेष्ठ महिला भनि दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् ।

चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो ।

सियिटीको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा मृत्यु भएको थियो । उनका ४३ नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा जेष्ठ जीवित महिला घोषणा गरेको थियो ।

मृत्यु हुनुअघिसम्म उनको दैनिकी सामान्य थियो । चीन सरकारले उनलाई विश्वकै जेष्ठ महिला भनेर दाबी गरे गिनिज वल्र्ड रेकर्डबाट भने मान्यता पाएकी थिइनन् ।

सियिटीलाई विश्वकै जेष्ठ महिला घोषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले अनुरोध नगरेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : ४१ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज