१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

यी पोर्न स्टार जो २०२१ मा सर्वाधिक खोजिए



मुम्बई । सन् २०२१ अन्त्यको संघारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ ।

एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ । यसको पछिल्लो एपिसोडलाई पोर्नहब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन् । उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन्, जसमा जेनेरेसन, जेन्डर र डेमोग्राफिक्स सामेल छन् ।

यो वर्ष सबैभन्दा खोजिएको पोर्नस्टारको सूचीमा लाना राओडेस, अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया काल्कोभा छन् । यी सबै अभिनेत्रीहरू पोर्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्दछन् ।

लाना सबैको मनपर्ने पोर्नस्टार भए पनि उनले सन् २०२१ मै पोर्न उद्योगबाट बिदा लिएकी छन् । एडल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ ।

च्यानलका अनुसार पोर्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन् । अमेरिकापछि बेलायत, जापान, फ्रान्स र इटालीका छन् । यी देशमा पोर्नहबमा सर्वाधिक ट्राफिक हुने गर्दछ ।

यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनीलिओ, पोर्न फ्रान्स, द स्टार्ट अफ युएस र लक्जरी गर्ल छन् । यो वर्ष सर्वाधिक हेरिएको पोर्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन् ।

अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए । जबकी यो वर्ष अधिकांश दर्शकले पोर्नहबमा हेन्टाईलाई खोजे । हेन्टाई जापानी मंगा र एनिमेसनको एक जनरा हो । यसमा पात्र र तस्बिरलाई बढी कामुक देखाइन्छ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले