७ आश्विन २०८३, बुधबार | September 23, 2026

तालिवान सत्तामा साढे ६ हजार पत्रकारको जागिर चट्



काबुल । तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स ९आरएसएफ० र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ ९एआईजेए० गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ । तालिवानको सत्तापलटपछि २३१ सञ्चार माध्यमहरु बन्द भएका छन् । अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा जनाइएको छ ।

हरेक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् ।

‘५४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ ओटा मात्र सक्रीय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम हराएका छन्,’ सर्वेक्षणमा भनिएको छ ।

चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तिमा १० ओटा निजी सञ्चार माध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको जनाइन्छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई