१ पुस २०८२, मंगलबार | December 16, 2025

तालिवान सत्तामा साढे ६ हजार पत्रकारको जागिर चट्



काबुल । तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स ९आरएसएफ० र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ ९एआईजेए० गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ । तालिवानको सत्तापलटपछि २३१ सञ्चार माध्यमहरु बन्द भएका छन् । अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा जनाइएको छ ।

हरेक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् ।

‘५४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ ओटा मात्र सक्रीय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम हराएका छन्,’ सर्वेक्षणमा भनिएको छ ।

चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तिमा १० ओटा निजी सञ्चार माध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको जनाइन्छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज