४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

आगोसँग खेल्न खोज्दा बालुवाटारबाट बालकोट भयो, ६ प्रदेश चट भयो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी षड्यन्त्र चलिरहेको बताएका छन् ।

नेकपा मसाल (सम्पर्क केन्द्र)सँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तकारी शक्तिहरु मिलेर गणतन्त्र उल्ट्याउने षड्यन्त्र भैरहेको बताएका हुन् । प्रचण्डले संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले गत पुस ५ मा प्रतिगामी कदम चालेको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन् ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टीमा अन्तरसंघर्ष चलेकाले प्रतिनिधिसभा विघटन गरिएको भनियो। त्यसबेला निकै ठूलो संघर्ष चलेको थियो। जरुरी परे हामी ठूलो क्रान्ति गर्न तयार छौँ भनेका थियौँ।’

एमालेसँगको एकता जोगाउने आफ्नो चाहना हुँदाहुँदै पनि जोगाउन नसकिएको प्रचण्डले स्मरण गरे । उनले भने, ‘तर माओवादीसँग खेल्न खोज्दा केपी ओली बालुवाटारबाट बालकोटाको बिजोग भयो । ६ वटा प्रदेशबाट चट भयोु,आगोसँग खेल्दा आगामी निर्वाचनमा कसको हालत के हुनेछ भन्ने नेपाली जनताले देखाउनेछन्। हामी जित्ने छौँ।’

उनले मसालसँगको एकता दीगो हुने विश्वास व्यक्त गरे । इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्न सकिने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : २० बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट

मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको