२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नेवाःपुचः नेवाः समाज विकास परिषदको २१ औं साधारणसभा सम्पन्न



बुटवल । नेवाःपुचः नेवाः समाज विकास परिषद रुपन्देहीको २१ औं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको आज एक समारोहकाबीच प्रदेश सरकारका उर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुन प्रसाद श्रेष्ठले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले नेवार समुदाय एकजुट भएमात्र अधिकार प्राप्त हुन सक्ने बताए ।

उनले नेवाः समाज विकास परिषदले गरेको सामाजिक योगदानको प्रशंसा गर्दै परिषदलाई सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले अधिकार प्राप्तीका लागि एकजुट हुन नेवार समुदायलाई आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट समुदायको हक अधिकार दिलाउन आफु प्रतिबद्ध रहेको बताए ।

सधारणसभामा परिषदका अध्यक्ष काजिमान श्रेष्ठले वार्षिक प्रतिबेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष चिरन्जिवी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा सचिव लक्ष्मी श्रेष्ठले संगठानिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साधारणसभाकै अवसर पारेर परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने वर्षभरी परिषदले आयोजना गरेको गतिबिधिहरुमा योगदान पु¥याएका आजिवन तथा साधारण सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । परिषदको कार्यक्रममा सहयोग पु¥याउने सहयोगी भागिनी संस्थाहरुलाई पनि सभाका अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।

२०५६ सालमा स्थापना भएको परिषदको बुटवल र यस आसपासमा ६ वटा शाखा संस्थाहरु संचालनमा रहेका छन् भने परिषदले आफ्नै भवनमा काजक्रिया घर बनाएर मृतकका परिवारलाई सेवा दिँदै आएको छ । नेवारी भाषा, संस्कृति र परम्परालाई जोगाउन परिषदले नेवारी समुदायमा अत्यावश्यक बेलबिबाह (ईही), ब्रतबन्ध(क्यटापुजा) जस्ता कार्यहरु गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । नेवारी पर्व र जात्राहरुमा बिबिध कार्यक्रम गरि संस्कउति जोगाउने काम पनि परिषदबाट हुँदै आएको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : २० बजे

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे