६ पुस २०८२, आइतबार | December 21, 2025

नेवाःपुचः नेवाः समाज विकास परिषदको २१ औं साधारणसभा सम्पन्न



बुटवल । नेवाःपुचः नेवाः समाज विकास परिषद रुपन्देहीको २१ औं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको आज एक समारोहकाबीच प्रदेश सरकारका उर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुन प्रसाद श्रेष्ठले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले नेवार समुदाय एकजुट भएमात्र अधिकार प्राप्त हुन सक्ने बताए ।

उनले नेवाः समाज विकास परिषदले गरेको सामाजिक योगदानको प्रशंसा गर्दै परिषदलाई सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले अधिकार प्राप्तीका लागि एकजुट हुन नेवार समुदायलाई आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट समुदायको हक अधिकार दिलाउन आफु प्रतिबद्ध रहेको बताए ।

सधारणसभामा परिषदका अध्यक्ष काजिमान श्रेष्ठले वार्षिक प्रतिबेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष चिरन्जिवी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा सचिव लक्ष्मी श्रेष्ठले संगठानिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साधारणसभाकै अवसर पारेर परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने वर्षभरी परिषदले आयोजना गरेको गतिबिधिहरुमा योगदान पु¥याएका आजिवन तथा साधारण सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । परिषदको कार्यक्रममा सहयोग पु¥याउने सहयोगी भागिनी संस्थाहरुलाई पनि सभाका अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।

२०५६ सालमा स्थापना भएको परिषदको बुटवल र यस आसपासमा ६ वटा शाखा संस्थाहरु संचालनमा रहेका छन् भने परिषदले आफ्नै भवनमा काजक्रिया घर बनाएर मृतकका परिवारलाई सेवा दिँदै आएको छ । नेवारी भाषा, संस्कृति र परम्परालाई जोगाउन परिषदले नेवारी समुदायमा अत्यावश्यक बेलबिबाह (ईही), ब्रतबन्ध(क्यटापुजा) जस्ता कार्यहरु गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । नेवारी पर्व र जात्राहरुमा बिबिध कार्यक्रम गरि संस्कउति जोगाउने काम पनि परिषदबाट हुँदै आएको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : २० बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या