२ पुस २०८२, बुधबार | December 17, 2025

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलको प्रतिनिधिको संख्या १६०८ पुग्यो



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको संख्या टुङ्ग्याएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले देशभरीबाट चुनिएर आएका प्रतिनिधिहरुमा १० प्रतिशत मनोनित गरेर सम्मेलनको प्रतिनिधिको संख्या टुङ्याएको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने स्थायी कमिटीले निर्णय गरेको जानकारी दिए । प्रतिनिधि मनोनयनको जिम्मा बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको प्रवक्ता महराले बताए । माओवादी केन्द्रले कुल छानिएर आएको संख्याको ५ प्रतिशत केन्द्रीय कमिटीले थप गर्ने भनिएपनि प्रतिनिधि बन्ने आकाँक्षिहरुको संख्या ठुलो देखिएपछि त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।

नयाँ निर्णय अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ ।

आज प्रतिनिधिको संख्या टुङ्याएर सकिएको बैठक शनिबार फेरि बस्ने महराले जानकारी दिए । शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि छलफल हुने बताइएको छ । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौमा हुँदैछ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ३० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन