२ पुस २०८२, बुधबार | December 17, 2025

मुख्यमन्त्री पदको सपथ खाएको २ महिना पुग्न थाल्दा समेत पूर्णता पाएन कर्णाली प्रदेश सरकारले



सुर्खेत । कर्णाली प्रदेशमा दुई महिना पुग्न लाग्दा पनि मन्त्रमण्डलले पुर्णता पाउन सकेको छैन । कार्तिक १६ गते शपथ लिएका कर्णली प्रदेशका मुख्यमन्त्री जीवन वहादुर शाहीलाई मन्त्री मण्डल पुर्णता दिन हम्मे हम्मे परेको छ ।

सविधानको घारा १६८ को उपधारा २ वमोजीम मुख्य मन्त्री बनेका शाहीले प्रतीपक्षमा वस्दा प्रशंसा बटुले पनि अहिले उनीमाथि असक्षमताको आरोप सहित आलोचना हुन थालेको छ । लामोसमय सरकारले पुर्णता नपाउनु गठवन्धनका दलहरूले मन्त्रिपरिषदलाई पूर्णता दिन चासो नदेखाएका कारण मन्त्री शाही मात्र नभएर पुरा गठवन्धन माथिनै प्रश्न चिन्ह खडा भएको छ ।

गठवन्धन भित्र मन्त्रालय भागबण्डाको विषयमा तीनै दलको दावी रहेकाले मुख्यमन्त्रीको सचिवालयले पनि पुर्णता पाएको छैन । नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक देवी ओली का अनुसार आफुले मुख्यमन्त्रीको मत लिएपछी दलहरु वीच कुनै छलफल नभएको वतउँछिन् । ओलीले वैशाख ३ को कुरालाई विर्सन नहुने भन्दै दलहरुको माग मुख्य मन्त्रीले सम्बोधन नगरे गठवन्धन टुट्न सक्ने वताउँछिन् ।

नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पनि सहमती भन्दा बाहीर जान नमिल्ने बताए । पुर्व मुख्य मन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्र वहादुर शाहीले मन्त्रालयको भागवण्डा नमिलेको र पूर्व सहमति अनुसार काम नभएकाले पूर्णता पाउनमा ढिलाई भएको बताए । उनले मुख्यमन्त्री जीवन बहादुर शाहीले नै गैर जिम्बेवारीपन देखाएको आरोप लगाए ।

कर्णाली पुर्व संसद नेता धर्मराज रेग्मीका अनुसार कर्णाली प्रदेशमा अल्पमतले सरकार चलाउने वहुमत बाहीर वस्ने भएको टिप्पणी गरे । मध्यपश्चिम नागरिक अगुवा पिताम्बर ढकाल अल्पमतका सरकारहरुको कुनै भर नहुने वताए । कर्णाली सरकारलाई ‘त्रिशङ्कु’को संज्ञा दिँदै उनले टाउको काँग्रेसको भए पनि हातखुट्टा समात्ने काम माओवादी र एकीकृत समाजवादीको भएकाले मुख्यमन्त्री शाहीलाई गलपासो भएको तर्क गरे ।

‘लामो समयसम्म सरकारले पूर्णता नपाउनु, कार्यसम्पादनमा समस्या आउनु भनेको मुख्यमन्त्री नै असक्षमतातर्फ उन्मुख हुनु हो, उनले भने, ‘एउटै व्यक्तिले सबै मन्त्रालय चलाउन सक्ने स्थिति पनि हुँदैन र संविधानको भावनाले पनि त्यस्तो मान्दैन ।’

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ३४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन