११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

ब्यापार मेलामा कलाकारसंग रमाउंदै दर्शक



बुटवल, ९ पुस । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा सांस्कृतिक कार्यक्रमको रौनक शुरु भएको छ । बिहीबार उद्घाटन भएको मेलामा शुक्रबारदेखि विविध सांस्कृतिक कार्यक्रम शुरु भएका छन् ।

उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालित मेलामा लोकदोहोरी तथा आधुनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति शुरु भएको हो ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन नसकेको अवस्थामा आयोजित मेलामा दर्शकहरु आफूलाई मन पर्ने कलाकारको प्रस्तुतिमा रमाउन पाएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न संगीत पारखी दर्शकको मेलामा राम्रो उपस्थिति हुन थालेको सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

शुक्रबार लोक दोहोरी गायक विष्णु खत्री, सपना गाहा, श्रीनिवास थारुले गीतमार्फत र सविता भुसालले नृत्यमार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका छन् । यस्तै एकलाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिताका प्रतियोगीको प्रस्तुति पनि रहेको थियो । शनिबार चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारको प्रस्तुति रहने प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । मेलामा किनमेल र नयां उत्पादन अवलोकन, बाल उद्यानमा रमाउन पनि अवलोकनकर्ताको भीड लाग्न थालेको उनले बताए ।

निःशुल्क दन्त परामर्श र रक्तदान
मेलामा शुक्रबारदेखि निःशुल्क दन्त परामर्श सेवा शुरु भएको छ । उद्योग ब्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले उक्त सेवाको उद्घाटन गरेका छन् । मेला अवधिभर दर्शकलाई दांतसम्बन्धी समस्याबारे दन्त चिकित्सक डा. काजोल श्रेष्ठ, डा. मनिला गुरुङ लगायतले निःशुल्क चेकजांच गरी परामर्श दिने अमृत भुसालले बताए । यस्तै मेलामा हरेक दिन रक्तदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ३१ बजे

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५