२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

बुटवलको मेलामा एकै दिन एकलाख बढी दर्शक



बुटवल । बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको दशौं दिन शनिबार दर्शकको अत्यधीक चाप बढेको छ । शनिबार मात्रै एक लाख बढीले मेला अवलोकन गरेका मेला आयोजक उद्योग ब्यापार संघ बुटवलले दाबी गरेकोे छ ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस ८ गतेदेखि सञ्चालित मेलाको दशौं दिन शनिबार हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष गोबिन्दराज गैरेल बताए । शनिबार सार्वजनिक विदा र मेला सकिन २ दिन मात्र बांकी भएकाले दर्शकको चाप बढेको अध्यक्ष गैरेले बताए । दर्शकको चाप थेग्न नसकेपछि केही घण्टा टिकट विक्रि स्थगित र टिकट घर वाहेक ठाउंठाउंमा गाडीबाट समेत टिकट विक्रि गर्नुपरेको संघका महासचिव पदम जीसीले बताए ।
शनिबार मेलाका स्टल, होटेल–रेष्टुरेन्ट र बाल उद्यानमा उत्साहजनक ब्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए । शनिबार मात्रै मेलामा रहेका ४ सय ७० स्टलहरुबाट करोड हाराहारीमा ब्यापार भएको अनुमान गरिएको पन्थीले बताए ।

शनिबार मेलामा गायक एवं मोडेल दुर्गेश थापा,कुशल बेल्बासे,रबिना बसेल, रामचन्द्र चन्द, योगराज पोखरेल,सीता राना, विधान कार्की र मोडेल चांदनी सिलियाको प्रस्तुति रहेको थियो । आइतबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, भाइरल बाल गायक सचिन परियार, आधुनिक गायिका सहिमा श्रेष्ठ, शान्तिरानी परियार, गायक मनोजसिंह धामी, सन्जय सौगात, नारायण बीपी परियार, ओशियन अटो डान्स आइडलका प्रतियोगीको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

बुटवल देवीनगर रंगशाला नजिक आयोजित ब्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ४१ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन