१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ब्यापार मेलामा एकै दिन ५० हजार बढी दर्शक, स्टल होल्डरहरु मख्ख (फोटो फिचर)



बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकन गर्ने दर्शकको चाप बढेको छ । मेला सञ्चालन भएको तेस्रो शनिबार सार्वजनिक विदा र क्रिसमस डे समेत परेकाले ५० हजार बढी दर्शकको उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएका छ ।

मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीले शनिबार मात्रै ५० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेका बताए ।

मेलामा दर्शकको चाप बढेपछि टिकट व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो ।

आगामी दिनमा सार्वजनिक विदाका दिनमा टिकट काउन्टर बढाउने र ठाउं ठाउंमा टिकट विक्रिको व्यवस्था गरेर भीड कम गरिने संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।

दर्शकको उत्साहजनक उपस्थितिले आयोजक उत्साहित भएका छन् । शनिबार मेलाका दर्शकलाई चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारले मनोरन्जन प्रदान गरेका थिए ।

यस्तै डान्स आइडलका प्रतियोगीको नृत्यमा पनि दर्शक रमाएका सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । मेलामा बाल उद्यानमा रमाउने र अवलोकनकर्ताको चाप बढेकाले स्टलहरुमा ब्यापार पनि राम्रो भई हाल सम्म करिब ५ करोडको कारोबार भएको स्टल व्यवस्थापन उपसमिति संयोजक एवं संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए ।

स्टल राख्न आएका व्यवसायीहरु पनि दर्शकहरुको उपस्थितीले खुसी देखिएका छन् । रुपन्देहीलाई नै च्याउमा आत्मनिर्भर बनाउने अभियानमा लागेका विपना तरकारी तथा च्याउ सप्लायसैका सञ्चालक विष्णु न्यौपानेले दर्शकहरुको उपस्थितीले उत्साह बढेको बताए । बिदेशको भर पर्नु परिरहेको च्याउका परिकारहरुलाई रुपन्देहीकै माटोमा उत्पादन भएको च्याउले प्रतिस्थापन गर्ने प्रयास गरिरहेको न्यौपानेले बताए । च्याउमा किसानहरु सक्षम छन् भन्ने सन्देश दिन मेलामा स्टल राखिएको उनले बताए ।

 

मेलामै स्टल राखेकी लकासी अचार उद्योगकी सञ्चालिका पार्वती गिरीले पनि दर्शकको उपस्थितीले जाँगर बढाएको बताईन् । केहिवर्ष अगाडी सम्म अचारमा भारतीय उत्पादनले कब्जा जमाईरहेको अवस्थामा पछिल्लो समयमा नेपालमै गुणस्तरिय अचारहरु बन्न थालेपछि अचारको परनिर्भरता अन्त्य भएको गिरीले बताइन् ।

आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, गायिका समीक्षा अधिकारी, लक्ष्मी बस्नेत, दीपक खड्का लगायतका राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ४८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर