२४ असार २०८३, बुधबार | July 8, 2026

बुटवलको व्यापार मेला सकियो, ३० करोड कारोबार



बुटवल । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्य भन्दा धेरै ८ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएका छन् ।

समापन समारोहमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको हुंदा सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने बताए । अध्यक्ष पाठकले बैकिङ तरलताको समस्या दीर्घकालीनरुपमा समाधान गर्न र व्यापार घाटा न्यूनिकरणमा विशेष योजना र नीति बनाउन सरकारसंग माग गरे ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले पराधीन अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउन राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र व्यापार विविधिकरणमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए ।

आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले चुनौतिपूर्ण अवस्थामा मेला सफलतापुर्वक सम्पन्न भएको र ५ लाख दर्शकको लक्ष्य राखिएकोमा ८ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका र ३० करोड रुपैयां बढीको कारोबार भएको बताए । मेलाले स्वदेशी उत्पादनको पहिचान र बजार प्रवद्र्धनसंगै लोक संस्कृति प्रवद्र्धनमा टेवा पु¥याएको गैरेले बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसी लगायतले व्यापार मेलाबाट बचेको रकमको केही अंश बुटवलको विकास र सामाजिक काममा लगानी गर्न सुझाव दिए ।

समापन समारोहमा संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, संघका महासचिव पदम जीसीले सबैको सहयोग, सुझावबाट मेला सोंचे भन्दा उत्कृष्ट र सफल भएको बताए । मेलामा स्वदेशी र विदेशी उत्पादनका ४ सय ७० स्टल रहेका थिए । मेला समापनका अवसरमा मेलाका उपसमिति संयोजकहरु, उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ५० बजे

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा प्रवेश

काठमाडौं । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

देशभर मनसुन सक्रिय, आज भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका