१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवल मेलामा सेल्फीजोनमा दर्शकको आकर्षण



बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा आउने दर्शकको आकर्षण सेल्फीजोनमा हुने गरेको छ । दर्शकलाई नयांपन दिन मेलास्थलमा विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने १५ थरिका सेल्फी स्पट बनाइएको छ । मेला अवलोकन गर्न आएका दर्शकहरुले फरक फरक सेल्फी जोनमा फोटो खिचेर रमाउने गरेका छन् ।

यस्तै मेलास्थलमा रहेका ११ थरिका देवीदेवताका मुर्ति, नेपालकै नमूना नर्सरी गुप्ता नर्सरीको फूलले हराभरा स्टलमा पनि दर्शकले फोटो खिचाउने गरेका छन् ।

मेला सञ्चालन भएको चौथो दिनसम्म करिब एकलाख दर्शकले मेला अवलोकन गरेका आयोजकले जनाएका छन् । मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीका अनुसार आइतबारसम्म करिब एक लाख दर्शकले मेला अवलोकन गरेको दाबी गरे ।

आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, लक्ष्मी बस्नेत, दीपक खड्का,डान्स आइडलका प्रतियोगीहरु लगायतका राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहेको प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ आयोजित मेला पुस २० गतेसम्म चल्ने छ । मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : १७ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।