११ बैशाख २०८१, मंगलबार | April 23, 2024

माधव नेपाल र बाबुरामहरुसँग पार्टी एकता र चुनावी मोर्चाबारे छलफल भैरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा हुने बताएका छन् ।

भोलिदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन’, प्रचण्डले भने, ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ ।’

प्रचण्डले अहिले पनि आफुहरु माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताए । उनले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’

प्रचण्डले सर्वदलीय बैठकमा उपस्थित नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न उनकै निवास बालकोट जानुपर्ने बताए । उनले विपक्षी दलका नेतालाई भेटन् बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेको बताए ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमाले अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ३४ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको