३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

माधव नेपाल र बाबुरामहरुसँग पार्टी एकता र चुनावी मोर्चाबारे छलफल भैरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा हुने बताएका छन् ।

भोलिदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन’, प्रचण्डले भने, ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ ।’

प्रचण्डले अहिले पनि आफुहरु माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताए । उनले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’

प्रचण्डले सर्वदलीय बैठकमा उपस्थित नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न उनकै निवास बालकोट जानुपर्ने बताए । उनले विपक्षी दलका नेतालाई भेटन् बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेको बताए ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमाले अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ३४ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका