४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

प्रचण्डकै कारण संविधानसभाबाट संविधान बन्न सफल भएको हो : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण संविधानसभाबाट संविधान बन्न सफल भएको बताएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै देउवाले प्रचण्डले नेपालको राजनीतिक परिवर्तन गराउन ठूलो योगदान रहेको बताए । देउवाले प्रचण्डले लिएको अडानका कारण संविधानसभाको चुनाव हुन सकेको र त्यसैमार्फत संविधान बनेको भन्द्र प्रचण्डको प्रशंशा गरे ।

प्रधानमन्त्री देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।

उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् ।

‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के’, देउवाले भने ।

यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए ।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरे । उनले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैको बिरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ,यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो । गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु, ओलीजीहरुलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे, आफूले त मिल्न पाइन्छ नि ।’

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ५३ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त