३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीति प्रतिवेदन पेस गरेका छन् ।

उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ ।
प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।

प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याएका छन् । उनले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गरेका छन् ।

पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

एमसिसीबारे के छ ?

प्रचण्डले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के उल्लेख गरेका छन् भन्ने चासो यतिबेला उनका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहका छन् ।

देउवाले हिजो मात्रै माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएको अवस्थामा प्रचण्डले प्रतिवेदनका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो रहेको छ । उनले प्रतिवेदनमा एमसिसीबारे लामै लेखेर प्रष्ट पार्न खोजेको कतिपयको आकलन भए पनि यसबारे कम मात्र चर्चा गरिएको छ ।

प्रतिवेदनमा प्रचण्डले एउटा बुँदा उल्लेख गरेका छन् । उनले एमसिसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।

एमसिसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : १२ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका