१ पुस २०८२, मंगलबार | December 16, 2025

सवारी दुर्घटनामा साईन रेसुङ्गा जितपुर शाखा प्रवन्धक अनुराग पाण्डेको मृत्यु



बुटवल । कपिलवस्तुको बाणगंगामा भएको सडक दुर्घटनामा साईन रेसुङ्गा बैंकका एक शाखा प्रबन्धकको मृत्यु भएको छ । गएराती ९ बजे तिर कपिलवस्तुको बाणगंगा नगरपालिका बुंची स्थित महेन्द्र राजमार्गमा भएको दुर्घटनामा जितपुर ४ नंम्वरमा रहेको साईन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा प्रवन्धक अनुराग पाण्डेको मृत्यु भएको हो ।दुर्घटनमा अन्य दुईजना गम्भीर घाइते छन् ।

दुर्घटनामा परि गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि अस्पताल पु¥याएको केहीबेरमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाण्डेलाई उपचारका लागि तिलोत्तमा स्थित क्रिमसन अस्पताल लगिएको थियो । प्रहरीका अनुसार मृतक पाण्डेसंगै कारमा सवार अन्य दुईजना घाइतेको बुटवलमा उपचार भईरहेको छ। घाइते हुनेहरुमा सुदिप खनाल र राजेश शर्मा छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।

मृतक पाण्डे सहित ३ जना सवार बा ६ च ११६४ नम्बरको कारलाई सडकमा सुरुमा ट्रकले ठक्कर दिएको र कार बससगं ठोकीन गएको बताइएको छ । दुर्घटनामा परेको बसमा रहेका ३ जना यात्रु पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज