२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

माओवादी महाधिवेशन : आज समूहगत निश्कर्ष सुनाइँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज समूहगत निश्कर्ष सुनाइने भएको छ ।

प्रज्ञा भवनमा चलिरहेको माओवादीको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसमा छलफल गर्न २५ वटा समूह बनाइएको थियो ।

मंगलबार बिहानदेखि विभिन्न समूहले छलफल गरेका छन् । केही समूहमा छलफलमा सकिएको छ भने केहीमा बाँकी छ ।

सबै समूहलाई आज दिउसो १२ बजेसम्म छलफल गर्ने समय दिइएको छ । त्यसपछि प्रत्यके समूहले प्रचण्डको प्रतिवेदनमाथि समूहमा भएको छलफलको निश्कर्ष सुनाउनेछन् ।

आजै १ बजेदेखि समूहगत निश्कर्ष सुनाउन थालिने माओवादीले जनाएको छ । समूहका नेताले निश्कर्ष सुनाउने कार्यतालिका रहेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।

एउटा समूहलाई निश्कर्ष सुनाउन १५ मिनेट तोकिएको छ । त्यो समयमा छलफलको निश्कर्षसहित सुझाव राख्न सकिनेछ ।

त्यस्तै, बन्दसत्रमा माओवादी नेता राम कार्कीले फरक मतसहित प्रतिवेदन पेश गरेका छन् । त्यसमा पनि समूहका नेताले बोल्न सक्नेछन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ५३ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।