३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादी केन्द्रको बन्दसत्रको चौथो दिन के-के भयो ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा बन्दसत्र जारी छ।

पुस ११ गतेदेखि राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार बन्दसत्रमा अपरान्ह १ बजे अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेलले बन्दसत्रका कार्यक्रम अगाडि बढाएका थिए ।

बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपरान्ह सवा १ बजेबाट सुरु भएको थियो । राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो ।

समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

आठौं राष्ट्रिय महाधिवेशनको पाँचौं दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुनेछ । बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । त्यसपछि माओवादी नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाने माओवादीको प्रचार तथा प्रकाशन उपसमितिले जनाउको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : २४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको