७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्व इतिहासमा आजः सद्दाम हुसेनलाई फाँसीदेखि सोभियत युनियनको स्थापना



एजेन्सी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सद्दाम हुसेनलाई फाँसी

सन् २००६ को ३० डिसेम्बरमा इराकका अपदस्थ राष्ट्रपति तथा पूर्वतानाशाह सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । मानवताबिरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्डाएर मृत्युदन्ड दिइएको थियो । सन् १९६८ मा कुमार्फत शक्तिमा पुगेका हुसेन इराकका पाँचौं राष्ट्रपति हुन् ।

रोमानियाका अन्तिम राजा

मिसेल प्रथम रोमानियाका अन्तिम राजा हुन् । रोमानियाको कम्युनिस्ट पार्टीले सन् १९४७ मा मिसललाई पदच्युत गरेको थियो । ६ वर्षको उमेरमा सन् १९२७ मा मिसेल रोमानियाको राजगद्दीमा बसेका थिए । सन् १९३० मा च्युत गरिएका उनलाई सन् १९४० मा पुनर्स्थापित गरिएको थियो ।

रुडयार्ड क्लिपिङको जन्म

आजकै दिन अर्थात ३० डिसेम्बर १८६५ मा प्रसिद्ध लेखक रुडयार्ड क्लिपिङको जन्म भएको थियो । भारतको मुम्बइमा रुडयार्ड क्लिपिङको जन्म भएको थियो । उनको मृत्यु ७० वर्षको उमेरमा सन् १९३६ मा १८ जनवरीमा बेलायतमा भएको थियो ।

सोभियत युनियनको स्थापना

सन् १९२२ मा युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक स्थापना भएको थियो । १५ गणराज्यलाई समेटेर स्थापना गरिएको सोभियत युनियनको राजधानी हालकै मस्को कायम गरिएको थियो । सन् १९९१ मा सोभयित युनियनको बिघटन नहुन्जेल यो विश्वकै ठूलो देश बनेको थियो ।

बेलायतमा अहिलेसम्मकै न्यून तापक्रम

सन् १९९५ मा उत्तरी स्कटल्यान्डको अल्टनाहराको तापक्रम माइनस २७ दशमलब २ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि पूर्वी स्कटल्यान्डमा सन् १९८२ को १० जनवरीमा न्यून बिन्दुमा झरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११