१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्व इतिहासमा आजः सद्दाम हुसेनलाई फाँसीदेखि सोभियत युनियनको स्थापना



एजेन्सी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सद्दाम हुसेनलाई फाँसी

सन् २००६ को ३० डिसेम्बरमा इराकका अपदस्थ राष्ट्रपति तथा पूर्वतानाशाह सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । मानवताबिरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्डाएर मृत्युदन्ड दिइएको थियो । सन् १९६८ मा कुमार्फत शक्तिमा पुगेका हुसेन इराकका पाँचौं राष्ट्रपति हुन् ।

रोमानियाका अन्तिम राजा

मिसेल प्रथम रोमानियाका अन्तिम राजा हुन् । रोमानियाको कम्युनिस्ट पार्टीले सन् १९४७ मा मिसललाई पदच्युत गरेको थियो । ६ वर्षको उमेरमा सन् १९२७ मा मिसेल रोमानियाको राजगद्दीमा बसेका थिए । सन् १९३० मा च्युत गरिएका उनलाई सन् १९४० मा पुनर्स्थापित गरिएको थियो ।

रुडयार्ड क्लिपिङको जन्म

आजकै दिन अर्थात ३० डिसेम्बर १८६५ मा प्रसिद्ध लेखक रुडयार्ड क्लिपिङको जन्म भएको थियो । भारतको मुम्बइमा रुडयार्ड क्लिपिङको जन्म भएको थियो । उनको मृत्यु ७० वर्षको उमेरमा सन् १९३६ मा १८ जनवरीमा बेलायतमा भएको थियो ।

सोभियत युनियनको स्थापना

सन् १९२२ मा युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक स्थापना भएको थियो । १५ गणराज्यलाई समेटेर स्थापना गरिएको सोभियत युनियनको राजधानी हालकै मस्को कायम गरिएको थियो । सन् १९९१ मा सोभयित युनियनको बिघटन नहुन्जेल यो विश्वकै ठूलो देश बनेको थियो ।

बेलायतमा अहिलेसम्मकै न्यून तापक्रम

सन् १९९५ मा उत्तरी स्कटल्यान्डको अल्टनाहराको तापक्रम माइनस २७ दशमलब २ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि पूर्वी स्कटल्यान्डमा सन् १९८२ को १० जनवरीमा न्यून बिन्दुमा झरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ०० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज