२३ असार २०८३, मंगलबार | July 7, 2026

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने



काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।

सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयंमसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकेको छ ।

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले जानकारी दिए ।

बैठकमा पार्टीका बागमती इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको उपस्थितिमा थियो । एमालेले सबै प्रदेशमा यही पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन तोकेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १२ : ३१ बजे

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक