१० बैशाख २०८३, बिहिबार | April 24, 2026

माघ २२ देखी लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुदै



बुटवल । लाफा समुह बुटवलको आयोजनामा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ ।

समुहको आयोजनामा माघको २२ र २३ गते २ दिने बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मकवानपुर, कास्की, दाड, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए । यस वर्ष १ सय १६५ बढी टिम सहभागि हुने थापाले बताए ।

खुलातर्फ ११५ तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको समुहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय प्रवेश शुल्क र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको लामिछानेले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको समुहका अध्यक्ष तारा रेश्मीमगर बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्नको लागि बि लेभलको प्रतियोगिता आयोजना गर्न लागेको रेश्मी बताए । यस प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने उनले बताए ।

समुहले सामाजिक उत्तरदायीत्व अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । समुहले भदौ महिनामा बि लेभल भलिबल प्रतियोगिता सम्पन्न गरीसकेको छ ।

पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ  निजि कवर्डहल लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे । समुहमा हाल १७५ भन्दा बढि सदस्यहरुले दैनिक रुपमा व्याडमिन्टन खेल्दै आएका छन ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : २५ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना