१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लागूऔषधसहित दुई युवा पक्राउ



कञ्चनपुर । पुर्नवास नगरपालिका-१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् ।

से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका दुवै जनाको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको डीएसपी शाहले बताए ।

दुवैले लागूऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् । पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ४५ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।