११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

रुपन्देही व्यापारसंघले ग-यो पत्रकार देखि चिकित्सकसम्मलाई सम्मान र पुरस्कृत



बुटवल । रुपन्देही व्यापार संघले यस वर्ष पनि वार्षिक साधारणसभाका अवसर समाजका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । व्यापारसंघले २० औ साधारणसभाका अवसर पारेर यस वर्ष चिकित्सा, पर्यटन, पत्रकारीता र समाज सेवामा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

संघले यसवर्ष लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन फिजिशियन डा. नन्दु पाठकलाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको छ । कोभिड महामारी तथा अन्य समयमा समेत स्वास्थ्य उपचार तथा सेवामा अनवरत खटिरहेका उनलाई सम्मान गरिएको व्यापारसंघले जनाएको छ । पाठकलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बाट भने संघले रामप्रसाद आचार्यलाई सम्मान गरेको छ । आचार्यलाई २५ हजार नगद राशीको पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

यस क्षेत्रका आर्थिक गतिविधि तथा व्यवसायिक क्षेत्रमा कलम चलाएको भन्दै आचार्यलाई सम्मन गरिएको संघले जनाएको छ । पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा अचार्यलाई सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका थिए । पत्रकार आचार्य पत्रकार महासंघ रुपन्देहीका निर्वतमान सचिव हुन् ।

त्यसैगरि पर्यटन क्षेत्रमा योगदान पु¥याएकोमा पर्यटन व्यवसायी माधव नेपाल र समाजिक सेवामा खेमराज पुनलाई सम्मान गरिएको थियो ।

पदम श्रेष्ठको संयोजकत्वमा पत्रकार महासंघका प्रतिनिधि लगायत रहेको छनोट समितिले सम्मानित तथा पुरस्कृत गर्न संघलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ५९ बजे

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकों मूल्य घटेको छ

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट