७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

५२ दिनमा चारपटक माधव नेपालको सुनसरी यात्रा, किन गइरहन्छन् ?



सुनसरी । आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी आए। उनी कार्यक्रमलाई सम्बोधन गर्न मात्रै आएका थिएनन् । एमालेका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज धर्मराज निरौला लगायत ३५५ जना कार्यकर्तालाई स्वागत गर्न आएका थिए । उनी १ महिना २२ दिनको अवधिमा सुनसरी ४ पटक आइसकेका छन् ।

नेता नेपाल गत कार्तिक २६ गते चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न आए । उद्घाटन गरे लगत्तै उनले बिहानको खाना इटहरी उपमहानगरका प्रमुख तथा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीको घरमा खाए । उनी त्यो बेला निकै चर्चामा आए । एमाले भित्र चरम विवाद भएकै कारण किन एमाले प्रदेश कमिटि सदस्य चौधरीको घरमै खाना खाएरु के अब चौधरी पनि एमाले छाडेर ९एस० तिर जाने हुन्रु भन्ने प्रश्न उब्जिएको थियो ।

उनी आउँदा राम्रो प्रभाव पर्न नसके पनि सुनसरीमा पार्टीलाई दह्रो बनाउन र एमालेमा सगैं बसेर काम गरेका कार्यकर्तालाई आफू तिर तान्न धाइरहे । नेपाल फेरी एक महिना नबित्दै गत मङ्सिर २१ गते पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता प्रशिक्षणमा पनि आए । उनले सोही क्रममा विभिन्न पार्टी परित्याग गरेका युवाको ठूलो समूहलाई स्वागत गरे ।

उनको सुनसरी आउने क्रम त्यतिमै रोकिएन । उनी फेरि एक हप्ता नबित्दै इटहरी उपमहानगर प्रमुख चौधरीको निम्तो स्वीकार गर्दै मङ्सिर २८ गते पुन इटहरी आए । उनले इटहरी १७ लविपुरमा आँखा अस्पताल भवनको शिलान्यास गरे । तर शिलान्यास गरेको विषयले नेता नेपाल आलोचित समेत भए । उनले शिलान्यास गरेको अस्पताल बन्ने स्थानका जग्गाधनीलाई थाहै नदिई शिलान्यास गरेसँगै विवाद भएको थियो ।

त्यसको २० दिनपछि उनी फेरि पुष १८ गते इटहरीकै कार्यक्रममा सम्बोधन गर्न आए । नेता नेपाल सामान्यदेखि ठूला कार्यक्रममा सुनसरी आउँदा उनी आफ्नो पार्टीको जग दह्रो बनाउन चाहन्छन् ।

नेपाल एमालेमा हुँदा सुनसरीका केन्द्रीयदेखि स्थानीय कार्यकर्ता उनकै पक्षमा थिए । एकीकृत समाजवादी पार्टी निर्माण गरेसँगै उनका समकालीन पार्टीका नेता एमालेमै रहेपछि उनी एमालेमा असन्तुष्ट कार्यकर्तालाई आफ्नो पार्टीका समाहित गर्न तथा एमाले भित्र देखिएको मनमुटाबको फाइदा लिनका लागि पनि सुनसरीलाई विशेष रूपमा लिने गरेका छन् ।

नेपालको सुनसरी यात्राले एमालेलाई चुनौती

अध्यक्ष नेपालको यो दौडधुपले सुनसरी एमालेलाई चुनौती दिइरहेको छ । एमालेमै दुई गुट हुँदा सुनसरीमा नेपाल पक्षमा पूर्व पार्टी सचिव भीम प्रसाद आचार्य, केन्द्रीय सदस्य धर्मराज निरौला, सङ्घीय सांसद जयराम राई थिए । पार्टी नयाँ निर्माण गरेसँगै तीनै जना नेता एमालेमै रहे । आचार्य त प्रदेश १ को मुख्यमन्त्री समेत भए । आचार्य र निरौला मध्ये एमालेको दशौं महाधवेशनपछि आचार्य सदस्य मात्रै भए । निरौला पार्टीको भूमिकाबाट बाहिर निकालिए । एमालेमा ठाउँ नदिएकै कारण निरौलाले पार्टी परिवर्तन गरे । केन्द्रमा पार्टी अध्यक्षविरुद्ध बोल्ने नेता तथा कार्यकर्तालाई जिम्मेवारी विहीन बनाएपछि एमालेमा असन्तुष्ट पक्षलाई एस पार्टीले समेट्दै लगेको छ ।

त्यसो त आइतबार एस पार्टीमा प्रवेश गर्दै निरौलाले २३ र २४ गते हुने एमाले सुनसरीको १०औँ अधिवेशनपछि हिजो माधव नेपाल पक्षमा लागेका र पार्टीप्रति असन्तुष्ट नेता नेकपा एकीकृत समाजवादीमा आउने बताएका थिए । एमाले भित्रको विवाद टुङ्गाउन नसके यसको फाइदा माधव नेपालको पार्टीले लिने प्रस्ट देखिएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ३२ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।