१८ माघ २०८२, आइतबार | February 2, 2026

खोरेत रोग नियन्त्रण अभियान सम्बन्धी अन्तरक्रिया



बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो बर्ष देखि सुरुवात भएको खोरेत रोग उन्मुलन अभियान यो बर्ष पनि जारी रहेको छ । सोही विषयमा पशुमा लाग्ने खोरेत रोग उन्मुलन सम्बन्धी बुटवलमा प्रादेशिक अन्तरक्रिया गरिएको छ ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा भएको कार्यक्रममा प्रदेशका भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, पशु क्वारेन्टाईन कार्यालय, स्थानिय तहका पशुपंक्षि विकास शाखा प्रमुुख तथा अगुवा किसान प्रतिनिधिहरुको सहभागीतामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमनशर्मा रायमाझीले खोरेत रोग निवारणको लागि लुम्बिनी प्रदेशको मात्रै नभएर देशभरीकै अभियान आवश्यक रहेको बताईन । उनले यसको लागि लुम्बिनी प्रदेशले पुर्ण खोप अभियानलाई निरन्तरता दिने समेत बताईन ।

कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. शान्ता कार्कीले खोरेत रोग निवारण अभियानलाई मन्त्रालयले अभियानको रुपमा अगाडी बढाएको जानकारी दिदै उच्च जोखिम रहेका जिल्लाहरुमा खोप अभियान जारी रहने बताईन ।

कार्यक्रममा पशुपंक्षि रोग अन्वेन्षण प्रयोगशाला कास्कीका प्रमुख डा. केदारराज पाण्डेले खोरेतको विद्यामान अवस्था, महामारी हुनबाट जोगिने उपाय र खोपको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पुशपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारीले प्रदेशको अवस्था, खोप अभियानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. परवेज आलमले प्रदेशमा खोप अभियान, हाल सम्मको उपलब्धीको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल लाईभस्टक एण्ड ईन्नोभेषन परियोजना बुटवल कलस्टर प्रमुख डा. गान्धीराज उपाध्याय, पशुपंक्षि क्वारेन्टाईन कार्यालय भैरहवा प्रमुख डा. भक्त न्युरे, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकी प्रमुख कमला अधिकारी, भैरहवा प्रमुख दिपक भुषाल लगायत, व्यवसायी बाख्रापालक किसान महासंघ नेपालका अध्यक्ष प्रेम सागर पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : २९ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन