७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र बेइजिङ विश्वविद्यालयका अध्यक्ष प्रा. लिउ लिले हस्ताक्षर गरेका छन् । दुई विश्वविद्यालयबीच प्राज्ञिक उन्नयन, प्रवद्र्धन र शैक्षिक क्रियाकलापमा सहकार्य रहने सम्झौतापत्रमा उल्लेख छ ।

दुई विश्वविद्यालयबीच अनुसन्धान पुस्तकहरुको भाषन्तरण योजना, शैक्षिक सेमिनार तथा गोष्ठीहरु सहकार्यमा सम्पन्न गर्ने, अनुसन्धानकर्ता र शिक्षकहरु आदानप्रदान, विद्यार्थीहरु आदान प्रदान र पाठयपुस्तकहरु आदान प्रदान गर्ने सैद्धान्तिक सहमति रहेको छ ।

पहिलो चरणमा लुम्बिनी बौद्ध विश्वविद्यालयका १२० जना विद्यार्थीले चाइनिज भाषा बृजकोर्षको छात्रबृत्ति प्राप्त गरेका छन् । यो कोर्ष गरेका विद्यार्थीहरुमध्ये केहीले बेइजिङ विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । वेइजिङ विश्वविद्यालयका अध्यक्ष लिले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एक जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरे । उनले यो सम्झौतापछि नेपाल चीनको आपसी मित्रता अझ प्रगाढ हुने र शैक्षिक उन्नयनमा सहकार्यमा अघि बढ्न सकिने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध दर्शनको प्रर्वद्धन, नेपाली र चिनिया संस्कृति र शिक्षाको विकासमा दुबै विश्वविद्यालयले मिलेर काम गर्ने बताए । लुम्बिनी र नेपालको बौद्ध दर्शन प्रवद्र्धनमा चिनिया भिक्षुहरुले महत्वपूर्ण भूमिका निभाएको स्मरण गर्दै उपकुलपति बज्राचार्यले अव दुई शैक्षिक संस्थाको सहकार्यले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. तिलकराम आचार्य, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, प्राध्यापक डा. भिक्षु संकिच्च, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्लेको सहभागिता रहेको थियो ।

बौद्ध विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंले विश्वविद्यालयबीचको सम्झौता पत्रमा हस्ताक्षरसंगै बौद्ध विश्वविद्यालयका विद्यार्थीले बेइजिङ विश्वविद्यालयमा भाषा अध्ययन शुरु गर्ने बताए । पहिलो चरणमा १२० जना विद्यार्थीले सो कक्षा भर्चुअल रुपमा लिनेछन् । कार्यक्रममा उपप्राध्यापक कुमार खड्काले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ४७ बजे

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ