११ बैशाख २०८१, मंगलबार | April 23, 2024

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने समय



काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय तोकिएको छ ।

निर्वाचन आयोगले शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो । आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।

उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्नेछ । त्यस्तै, आइतबार नै उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुन लागेको छ । यसमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ पाँच राजनीतिक दलले मिलेर उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) ले १९ वटै सीटमा उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ५० बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय