५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने समय



काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय तोकिएको छ ।

निर्वाचन आयोगले शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो । आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।

उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्नेछ । त्यस्तै, आइतबार नै उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुन लागेको छ । यसमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ पाँच राजनीतिक दलले मिलेर उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) ले १९ वटै सीटमा उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ५० बजे

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य