७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप



काठमाडौं । ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान बुधबार प्रवेश गरेको दाबी गरेको छ । ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ ।

समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो ।

यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे-१६ लडाकु विमान थिए भने एक शांक्सी वाई-८ एन्टी-सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ।

बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए । त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ ।

चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ५६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी