७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो



महोत्तरी । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो ।

‘केन्द्रीय माहाअधिवेशनमा सहभागी हुन नपाएपछि अधिवेशन नभए पनि हुन्छ भन्ने मनसायले केही नेताहरू अधिवेशन नै हुन नदिने षडयन्त्रमा लागेका छन्’, जिल्ला सचिव शम्भु पाठकले भने ।

आपसी विवादका कारण क्षेत्रको अधिवेशन स्थगित भएपछि केन्द्रीय महाअधिवेनमा भाग लिन नपाएका नेताहरूमा अहिले ठूलो असन्तुष्टि देखिएको छ ।

निर्वाचन पिपरामा गराउने कि जलेश्वरमा गराउने विवादलाई लिएर सहमति जुटन नसक्दा छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

विमलेन्द्र निधि पक्षले निर्वाचन पिपरामा नै गराउनुपर्ने र रामचन्द्र पौडेल पक्षको सुरक्षित वातावरणको लागि भए पनि सदरमुकाम जलेश्वरमा नै निर्वाचन गराउनुपर्ने अडान छ ।

जिल्ला अधिवेशन गराउनुभन्दा पहिला विवादित क्षेत्रीय र वडा अधिबेशन गराउनुपर्ने भन्दै जिल्लाका पूर्व महासचिवसमेत रहेका बजरङ्ग नेपालीले भोकहडताल सुरु गरेका थिए ।

नेता नेपालीको भोकहडताललाइ मध्यनजर गर्दै नेपाली कांग्रेसले ३ माघभित्र अधिवेशन गराउन निर्देशन दिए पनि नेताहरूको विवादले पुनः समस्या सिर्जना बनिरहेको कांग्रेस जनाएको छ ।

केन्द्रवाट नै निर्वाचनस्थल समेत निर्धारण गरे विवाद सुल्झाएमात्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने नेताहरूको आंकलन छ । तर, केन्द्रवाट अधिवेशनको लागि मिति निर्धारण भए पनि विवादित निर्वाचनस्थलको विषयमा कुनै निर्णय हुन सकेको छैन ।

विवाद सुल्झाउन पटक–पटक नेताहरू छलफलमा बसे पनि दुई पक्षबीचको अडानले अधिवेशन बिथोलिँदै आएको छ ।

सुरुदेखि नै निधि निकटका नेताहरू मनोज झा, रामु यादव र रागबेन्द्र झाले सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । मनोज झा र रामु यादव विमलेन्द्र निकट मानिन्छन् भने रागवेन्द्र झा रामचन्द्र पौडेल निकट मानिन्छन ।

क्षेत्रीय अधिवेशन हुन नदिन पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी लगायतका नेताहरू लागि परेको संस्थापनइतरका निधि पक्षको आरोप छ । पिपरा गाउँपालिकामा नै अधिवेशन गराउनुपर्ने पौडेल पक्षको अडान रहे पनि छलफलकै क्रममा दुई पक्षबीच झडप हुँदा अर्को पक्षले निर्वाचन जलेश्वरमा नै हुनुपर्ने माग राखेका छन् ।

‘हामीभित्र अब एउटै विवाद बाँकी छ कि निर्वाचन स्थल सुरक्षित वातावरणमा होस्’, सचिव पाठकले भने ।

विवाद कै कारण कांग्रेस महोत्तरीमा क्षेत्र नम्बर ३ र मनरासिस्वा नगरपालिकाको एउटा वडाको अधिवेशन बाँकी छ भने कसैले पनि महाअधिवेशनमा भाग लिन पाएका थिएनन् ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई