२ पुस २०८२, बुधबार | December 18, 2025

स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै



काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।

उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । हालसम्म देशभर १ सय ३० बढी चिकित्सक र २ सयभन्दा बढी नर्सहरू संक्रमित भइसकेका छन् ।

अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड-१९ विज्ञ तथा भाइरोलोजिस्ट डा। रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । ‘चिकित्सक र नर्सलाई जगेडामा राखेर पनि काम गर्नुपर्नेहुन्छ, डा। आचार्यले भने, अस्पतालका सबै चिकित्सकको पीसीआर टेस्ट गरिनुपर्छ ।’

अहिलेको यथास्थितिमा संक्रमण बढे अबको एक-दुई हप्तामा अस्पतालमा उपचार गराउने चिकित्सक अभाव हुन सक्ने स्थिति आउने डा। आचार्यको भनाइ छ । हाल वीर अस्पतालमा १४ डाक्टरसहित ४८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालको ल्याब टेक्निसियन संक्रमित भएपछि ल्याबको काम प्रभावित बनेको छ । यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा ३० जना नर्स र २० डाक्टर होम आइसोलेसनमा छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि तीन डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, स्त्री तथा प्रसूति रोग केन्द्र थापाथलीमा २८ जना चिकित्सक २० जना नर्ससहित ६३ जना संक्रमित भएका छन् । सो अस्पतालमा प्रसूतिसम्बन्धी काम प्रभावित भएको छ । त्यस्तै, मनमोहन कार्डडियोलोजीमा सात जना चिकित्सकसहित ३५ जना संक्रमित छन् ।

यस्तै, कान्ति बाल अस्पतालमा १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा एक दर्जन बढी स्वास्थ्यकर्मी र पाँच जना ल्याब टेक्निसियन संक्रमित भएका छन् । नेपाल प्रहरी अस्पतालमा दुई जना चिकित्सक र १२ जना नर्स संक्रमित भएका छन् । संक्रमण हुने दर दैनिक बढ्दो क्रममा रहेको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा धेरै संक्रमित भए पनि स्वास्थ्यकर्मी संक्रमित भएर सेवा प्रवाहमा समस्या आएको थिएन । तर, हाल कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएसँगै दैनिक संक्रमण हुने दर ५ हजारको हाराहारीमा पुगेको छ भने फ्रन्ट लाइनरमा काम गर्ने चिकित्सक र नर्स आफंै संक्रमित भएका छन् । दोस्रो लहरको जस्तो संक्रमण दर जटिल अवस्थामा पुगे अस्पतालमा चिकित्सक र नर्सको अभाव भई सेवाप्रवाहमा समस्या आउन सक्ने विज्ञको भनाइ छ । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ५० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल