२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बुटवलमा हुने ईही र क्येटा पुजामा बिधिले तोकेको नातेदार बाहेक अन्य उपस्थित हुन नपाउने



बुटवल । बुटवलमा यस वर्षका लागि राखिएको ईही तथा क्येटा पुजाको तयारी पुरा भएको छ । नेवाः समुदायका लागि महत्वपूर्ण मानिएको कन्याहरुको ईही र बालकहरुको क्यटा पुजामा कोरोना महामारीद बढेका कारण आवश्यक नातेदार बाहेक अन्य सहभागी नहुन भनिएको छ ।

नेवाः सेवा समितिको आयोजनामा हुने पुजामा ५० बढी कन्या तथा २१ बढी बालकहरुको नाम दर्ता भएको समितिका अध्यक्ष चिरञ्जिवी श्रेष्ठले जानकारी दिए । विगतका वर्षहरुमा धुमधामका साथ ठुलो संख्याको उपस्थितीमा गरिने पुजालाई यस वर्ष भने सिमित संख्यामा नियन्त्रण गरिएको उनले बताए । नेवाः समुदायमा कन्याको पहिलो बिबाहकारुपमा हेरिने इही (बेलबिबाह) मा बैबाहिक रितीलाई पूर्णता दिइएको हुन्छ । नेवारी रिती अनुसार हुने इही सामुहिक बिबाहको परम्परामा आधारित हुन्छ ।

बिबाह उत्सवमै जस्तो नातेदार र आफन्तहरुलाई निम्ता गरेर भोज खुवाउने गरिएपनि कोरोना महामारीले बिकरालरुप दिँदै गएका कारण पुजालाई आवश्यक नाता बाहेकका अन्यलाई सहभागी नगराउने गरि व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । इही पुजामा कन्याका बुवा, आमा तथा फुपु र मामाको अनिवार्य उपस्थिती हुनु पर्ने बिधि रहेको छ ।

त्यसैगरि सोही अवसरमा राखिएको क्येटा पुजा(ब्रतबन्ध) को तयारी पनि पुरा भएको आयोजकले जनाएको छ । माघ ७ र ८ गते देबीनगर स्थित भुपु सैनिक परिषरमा हुने पुजामा बुटवल क्षेत्रका २१ जना बालकहरुको क्येटा पुजा हुने श्रेष्ठले जानकारी दिए । क्येटा पुजामा पनि आवश्यक नाता बाहेक अन्यलाई सहभागी नगराईदिन उनले अनुरोध गरे । क्येटा पुजाका लागि बालकका बाबु आमा सहित बालकको फुपु (नीनी] र मामा (पाजु) अनिवार्य उपस्थित हुनु पर्ने प्रचलन रहेको छ ।

८० बढी कन्या र ५० बढी बालहरु पुजाका लागि सम्पर्कमा आएपनि सरकारले जारी गरेको महामारी सम्बन्धी निर्देशनका कारण संख्या घटाईएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ४७ बजे

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय

सहकार्य, सहअस्तित्व र समन्वयमा जोड दिँदै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

विराटनगर । नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय

साउदी अरबका प्रस्तावित राजदूतको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य