१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मौसम जानकारी : मुलुकमा अर्को न्यून चापीय प्रणालीको प्रभाव, सोमबारसम्म वर्षा र हिमपातको संभावना



काठमाडौं । पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने संभावना रहेको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार यो प्रणालीका कारण सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने छ ।

‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : २१ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको