२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ करोड



उदयपुर । उदयपुरको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा अब भने खानेपानी पाउने आशा पलाएको छ ।

सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि आशा पलाएको हो । कटारी नगरपालिकाको दुर्गभ भेगमा रहेको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ वडाबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । ती वडामा बसोबास गर्ने वडाबासीले खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाले वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा सुनकोसीको पानी लिफ्टिङप्रणालीमार्फत पानी तानेर गाउँमाथि रिर्जब ट्यांकी निर्माण गरी पाइपमार्फत घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइएकाे छ।

कटरी नगरपालिकाका ६ वटाका करिब १ हजार ५ सय घरधुरीले अहिलेसम्म खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले करिब २४ करोड लागतको खानेपानी योजना निर्माण गर्न लागेकाे हाे ।

सो खानेपानी योजनाले १ हजार ५ सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको योजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जब ट्यांकी राखिने छ । पहिलो वडा नम्बर १४ घुर्मिको सुनकोसी नदीबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाइलो डाँडामा रिजर्ब ट्यांकीमा राखिने छ ।

दाेस्राे वडा नम्बर १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा ट्यांकी राखी पानी वितरण गरिने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर मगरले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ०८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले