३१ भदौ २०८३, बुधबार | September 16, 2026

राज बाबाले तोडे शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड



काठमाडौं । आईसीसी यु-१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् ।

राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो । युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबंशीले एक सय ४४ रन बनाएका थिए । दुई खेलाडीले तेस्रो विकेटको लागि दुई सय ६ रन बनाएका थिए ।

दुई खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डाविरुद्ध चार सय पाँच रनको विशाल योगफल तयार पारेको थियो । एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि एक सय २० बलमा २२ चौका र चार छक्काका साथ अंगकृसले एक सय ४४ रन बनाए ।

राज बाबाले एक सय ६२ रन बनाउने क्रममा एक सय आठ बल खेल्दै १४ चौका र आठ छक्का प्रहार गरे । राज बाबा यु-१० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने ।

यसैको साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्डविरुद्ध ढाकामा बनाएको एक सय ५५ रनको कीर्तिमान भंग भएको हो ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : ४९ बजे

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा