१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु



काठमाडौं । सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा कृष्ण पौडेलका अनुसार १३ हजार ५४९ पीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र ६ हजार ८१० एन्टिजेन परीक्षण गर्दा दुई हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै बुधबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोना संक्रमणमुक्त हुँदा पाँच जना संक्रमितले ज्यान गुमाएका डा पौडेलले जानकारी दिए ।
बुधबार २५ लाख ६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ४१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना